रवि लामिछाने, विवेकशील र स्वतन्त्र उम्मेदवारी अभियानबीच छलफल



काठमाडौं । विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएको छ ।

विवेकशील अभियन्ता एवं काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमलेशनिवार काठमाडौंमा छलफल भएको जनाएका हुन् । बमले फेसबुकमार्फत छलफलबारे सार्वजनिक गरेका छन ।

‘विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रविजीले सुरु गर्नुभएको नयाँ पार्टीको बारेमा गहन छलफल भयो,’ उनले लेखेका छन, ‘आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भयो । छलफल सकारात्मक भएको छ ।’

छलफलको समन्वय वरिष्ठ कलाकार निर्मल शर्माले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्