गरगहनासहित २० लाख बराबरको धनमाल चोरी



महोत्तरी । जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घरबाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ।

प्रवक्ता प्रनाउ विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाई चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी १९ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्