कर्मचारीलाई कुटपिट गरी गाडी लुट्ने तीन जना पक्राउ



कैलाली । डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी गाडी लुटेर भागेका ३ जना भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन । उनीहरुलाई सोमबार नै गोदावरी नगरपालिका १ को जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्नुभन्दा अगाडि भण्डारी चढेको ०१-२३-च ६०२१ नम्बरको गाडी फेला पारेको थियो ।

सोमबार दिउँसो गोदावरी नगरपालिका ४ गाइमारेमा हातखुट्टा बाँधेर भिरबाट फालेको अवस्थामा भण्डारी भेटिएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्