वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते (फाेटाे सहित)



पर्सा : वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन्। घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुतली बम विष्फोट भएको भए पनि कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन। साँझपख व्यस्त रहेको तरकारी बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन्। अन्य दुई जना पनि तरकारी किन्न बजारमा आएका रहेको स्थानीयले बताएका छन्।

घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्