राजीनामा दिएको छैन : विमला वली



दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)ले पदबाट राजीनामा नदिएको बताएकी छन् । पार्टी भित्रबाट पटक-पटक राजीनामा दिन दवाव आएपनि अहिलेसम्म आफूले राजीनामा नदिएको वलीको भनाई ।

उनले भनिन् ‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दवाव आएको छ’, राज्यमन्त्री वलीले भनिन्‘ राजीनामा पत्र पनि ल्याएर म कहाँ नेताहरु आउनु भएको छ, तर, मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन् ।’

यदि आफूले राजीनामा दिन परे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत राजीनामा दिने वलीको भनाई छ ।,उनले भनिन्‘ नत्र कुनै पनि पदबाट राजीनामा दिन्न् ।’

साथै मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्र राणाले पनि वलीले राजीनामा नदिएको जानकारी दिएका छन् । आज विभिन्न सञ्चारमाध्यममा वलीले राजीनामा दिएको भन्ने समाचारहरु प्रकाशित भएका थिए । मन्त्री वली केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्