विवादित राज्यमन्त्री वलीको राजीनामा स्वीकृत



रुपन्देही । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीले असार १२ गते दिएको राजीनामा बुधवार स्वीकृत भएको प्रदेशसभामा जानकारी गराएका थिए ।

यसअघि बुधवार दिउँसो बसेको लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशनको १९ औं बैठकको सुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली घटनाको विषयमा सरकारको धारणा मागेका थिए ।

जेठ ३१ गते वली प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न भएपछि विवादमा तानिएकी थिइन् ।

घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनलाई राजीनामा दिन लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्