भीम रावलको आरोप : ‘रक्षा मन्त्रालयले संसदीय समितिको निर्देशन मानेन’



काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन ।

बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेता रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् ।

उनले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रीपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराएँछु भन्ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताए ।

नेता रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरीतको पत्र भएको दाबी गरे । उनले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्