गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले ४ वटा निक्षेप योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोगको बिमा तथा दुर्घटना बिमाको सुविधा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम र निःशुल्क डिम्याट लगायत सुविधा उपलब्ध गराउने भएको छ।

यसैगरी वार्षिक ९ प्रतिशत ब्याज दिने ‘विशेष गोर्खा पेन्सन बचत खाता’ सार्वजनिक गरेको छ। न्यूनतम ५ हजार रुपैयाँमा खोल्न सकिने यो खातामा २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, पाँच लाखसम्मको दीर्घरोग बिमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर, डेबिट कार्ड, डिम्याट खाता लगायत सुविधा छन्।

कम्पनीले ‘एकको २ गोर्खाज दोब्बर मुद्दती खाता’ र ‘एकको ३ गोर्खाज तेब्बर मुद्दती खाता’ पनि सार्वजनिक गरेको छ। उक्त योजनाअनुसार बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्