रुसद्वारा भवनमा मिसाइल आक्रमण, १० जनाको मृत्यु



एजेन्सी । रुसी सेनाले बिहीबार मध्यरातमा ९ तले भवनलाई निशाना बनाएको छ । रुसी सैनिकले ९ तले भवनमा मिसाइल आक्रमण गरेको छ ।

रुसी सेनाले युक्रेनको ओडेसा ओब्लास्टमा रहेको ९ तले भवनमाथि आक्रमण गर्दा १० जनाको ज्यान गएको छ भने सात जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणपछि त्यहाँ उद्धार कार्य जारी छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ । यसअघि जुन २७ मा रुसले युक्रेनको सेन्ट्रल मलमा मिसाइल प्रहार गर्दा १८ सर्वसाधारणको मृत्यु भएको थियो । आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई आतंकवादी भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्