पेट्रोलियम पर्दाथको मूल्य घटाउन भारतसँग प्रधानमन्त्रीस्तरीय छलफलको तयारी



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको लागत मूल्य घटाउन प्रधानमन्त्रीस्तरबाटै भारतीय सरकारसँग छलफल गर्ने तयारी गरेको छ । भारतले रसियाबाट सस्तोमा तेल किनेकाले हामीलाई दिने लागत मूल्य घटाउन सरकारले भारतसँग प्रधानमन्त्रीस्तरीय छलफलको तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

सरकारले भारतसँग प्रतिलिटर १० रूपैयाँ घटाउन आग्रह गर्ने तयारी गरेको अर्थमन्त्रालयले जनाएको छ । भारतमा रसियाबाट किन्ने तेलको परिमाण बढिरहेको र भाउ पनि कम भएको अवस्थामा भारतले नेपाललाई पनि कम मूल्यमा ततेल दिनुपर्ने माग नेपालले राख्न चाहेको छ ।

अर्थ मन्त्रालयले बिटुबी (व्यावसायिक) स्तरबाट पनि तेलको मूल्य घटाउन भारतीय आयल कर्पोरेसन (आइओसी) लाई आग्रह गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्