मोदी र अमित शाहको जोडी कृष्ण र अर्जुन जस्तै : रजनीकान्त



काठमाडौं : अभिनेता रजनीकान्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडी भगवान कृष्ण र अर्जुनको जस्तै भएको बताएका छन् । 

उनले जम्मू–कश्मीरलाई विशेष राज्यको हैसियत प्रदान गर्ने संविधानको धारा ३७० खारेज गर्ने निर्णयप्रति मोदी र अमित शाहलाई बधाई गर्दै सो कुरा बताएका हुन् ।

‘जम्मू कश्मीर मिसनमा म मोदी र शाहलाई बधाई ज्ञापन गर्न चाहन्छु’ रजनीकान्तले भने, ‘यसबारे संसदमा उनीहरुले दिएको मन्तव्य गजबको थियो, अमित शाह र मोदीको जोडी भगवान कृष्ण र अर्जुन जस्तै हो ।’

अगाडी उनले भनेका छन्, ‘को कृष्ण र को अर्जुन भन्ने कुरा उनीहरु आफैले जानुन्, म आगामी दिनमा पनि यो महत्वपूर्ण कदमले सफलता प्राप्त गरोस् भनि शुभकामना दिन चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्