निजगढ विमानस्थल अर्थतन्त्रमा परिवर्तन ल्याउने योजना हो : प्रचण्ड



कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन ।

निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू शनिबार बिहान बारा पुगेका थिए ।

सोही क्रममा दाहालले भने, ‘निजगढमा एयरपोर्टको सम्बन्ध फास्ट ट्र्याक (काठमाडौं-मधेस द्रूत मार्ग) सँग पनि छ । यो विमानस्थल निर्माण नहुने हो भने अर्बौं लगानी गरेको फास्ट ट्र्याकको ‌औचित्य हुने छैन,’ उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको योजना गेम चेन्जर ड्रीम प्रोजेक्ट हो, यो अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने योजना हो ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको दाहालको भनाइ थियो । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ अर्ब लगानी भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्