११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ



काठमाडौं : बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

११ वर्षीया बालिका बलात्कारको आरोपमा पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरिएको हो । अहिले उनलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । 

डीएसपी होविन्द्र बोगटीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्