भारत–पाकिस्तान विवाद : शाह महोम्मद र एस जयशंकर बेइजिङ पुग्नुको रहस्य के ?



काठमाडौं : पाकिस्तानी विदेशमन्त्री शाह महोम्मद कुरेशी बेइजिङबाट फर्केलगत्तै भारतीय विदेशमन्त्री एस जयशंकर बेइजिङ पुगेका हुन् ।  

पाकिस्तानी विदेशमन्त्री कुरेशी अगस्त ९ मा बेइजिङ पुगेका थिए । त्यहि दिन उनले चिनियाँ विदेशमन्त्री वाङ वीसँग भेटवार्ता गरेका थिए । 

उनले चिनियाँ समकक्षीसँग वृहत्त बैठक सम्पन्न भएको बताएका छन् । इस्लामावाद फर्किनुअघि उनले ट्विट गर्दै भनेका छन्, ‘चिनियाँ समकक्षीसँग वृहत्त बैठक सम्पन्न भयो । विदेशमन्त्री वान कश्मीरलाई जोखिम पारेर तथा आवाजविहीन बनाएर पूरै क्षेत्रलाई खतरामा पार्ने काम भारतको आक्रमण नीति अपनाएको स्वीकार्नु भयो ।’

पाकिस्तानी विदेशमन्त्री कुरेशी भ्रमण पूरा गरी इस्लामावाद फर्किएको दोस्रो दिन भारतीय विदेशमन्त्री जयशंकर बेइजिङ पुग्ने भएका हुन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असोज महिनामा हुने दोस्रो अनौपचारिक शिखर सम्मेलनका बारेमा छलफल गर्न बेइजिङ पुगेका हुन् । 

उनल आज (सोमबार) चिनियाँ समकक्षी वान यीसँग द्वीपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । जयशंकर भारतका विदेशमन्त्री भएपछिको पहिलो चीन भ्रमण हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको क्रममा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणको बारेमा छलफल हुने जनाएको छ ।

त्यसैगरी संस्कृति तथा जनता जनताबीचको आदान–प्रदानसम्बन्धी भारत–चीन उच्च स्तरीय संयन्त्रको बैठकको जयशंकरले चिनियाँ विदेशमन्त्रीसँग सह अध्यक्षता गर्ने छन् ।

सन् २०१८ अप्रिलमा चीनका वुहानमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भएको पहिलो अनौपचारिक शिखर सम्मेलनमा यस्तो संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको थियो भने गत वर्षको डिसेम्बर महिनामा संयन्त्रको उद्घान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्