दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि….



दिल्ली एयरपोर्टमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो ।

फोन राखेलगत्तै अनुुसन्धान सुरु भयो र केहीबेरमै फोन गर्ने व्यक्तिको पहिचान गरियो । पक्राउ परेका व्यक्तिले फोन गरेको अस्विकार गरे । पुलिस अनुसन्धानमा जुटेको छ र एयरपोर्टमा छानबीन भइरहेको छ ।

अबेर राती घटनाको पुष्टि गर्दै आइजीआई हवाईअड्डाका पुलिस उपायुक्त संजय भाटियाले भने, ‘राती करिब साढे आठ बजे हवाई अड्डाको टर्मिनल–२ मा बम राखेको सूचना दिल्ली पुलिस कन्ट्रोल रुमले पायो । सूचना दिने व्यक्तिले इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डाको टर्मिनल–२ मा बम राखिएको बताए । उनले बमलाई बिस्फोट हुनबाट रोकेर देखाउ भनेर चेतावनी पनि दिए ।’

प्रतिक्रिया दिनुहोस्