काठमाडौंका अपार्टमेन्टको सम्पत्ति कर घट्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले अपार्टमेन्टहरुले तिर्नुपर्ने एकीकृत सम्पत्ति करको दर घटाएको छ ।

महानगर राजस्व ऐन २०७५ ले गरेको व्यवस्थाका कारण अपार्टमेन्ट खरिद गरेर बस्नेहरुले बढी कर तिर्नुपर्ने अवस्था आएपछि महानगरपालिकाले ऐन संशोधन गरेको हो ।

सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरपालिकाले अब अपार्टमेन्टले ओगटेको क्षेत्रफल बराबरकै अनुपातमा कर तिर्दा हुने बताए ।

‘यसअघि अपार्टमेन्टले ओगटेको क्षेत्रफलको दोब्बर मानेर कर निर्धारण हुन्थ्यो,’ उनले भने, ‘अब अपार्टमेन्टले ओगटे बराबरकै क्षेत्रफललाई आधार बनाएर कर तिर्दा हुन्छ । यसअघि १२ सय बर्गफुटको अपार्टमेन्टले करिब २४ सय बर्गफुटको कर तिर्थे, अब १२ सयकै हाराहारी तिर्दा हुने गरिएको हो ।’

उनका अनुसार महानगरपालिका, नेपाल सरकार, प्रदशे सरकार मातहतका सरकारी निकाय, समाजिक तथा धाार्मि संघ संस्थाले एकीकृत सम्पत्ति कर तिर्नुनपर्ने व्यवस्था पनि महानगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्