सीके राउत चुनाव लड्ने हल्ला मात्र !



काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनमा उमेद्वारी दिने विषय हल्लामात्र भएको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन कुमार सिंहले बताएका छन् ।

द नेपाल टपसँग कुरा गर्दै उनले सीके राउत उपनिर्वाचन लड्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको जानकारी दिए ।

उनले भने, ‘मिडियामा सीके राउत चुनाव लड्ने भन्ने विषय आएको रैछ मैले पनि तपाईहरुले जस्तै मिडिया बाटनै थाहा पाए । तर, यस विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन ।’ 

प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले सोमबार राजीनामा दिएसँगै सीके राउत निर्वाचनमा लड्ने भन्ने विषय मिडियामा आइरहेको छ । 

केन्द्रीय सदस्य सिंहले भने, ‘समय आएपछि चुनाव लड्छौँ । अहिले चुनाव लड्ने त्यति उपयुक्त समय छौं । सञ्चारमाध्यमहरुले सीके राउत चुनाव लड्दै छन् भन्ने गलत प्रचाप्रसार गरेको हो । यो सरासर गलत छ ।’ 

निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउँदै छ ।  

 

प्रतिक्रिया दिनुहोस्