नेकपा सचिवालय बैठक बुधबार बस्ने



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्य्विभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे  सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो।

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ। उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो। अन्य विभागको टुंयो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ।

पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन। अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार

नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन् । मधुमेह

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्