रेमिटेन्सको नोट चल्ने, भोटचाहिँ नचल्ने ?: कांग्रेस प्रवक्ता



काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विदेशबाट पठाएको रेमिटेन्सको नोट चल्ने, विदेशमा रहेका नेपालीको भोट चाहि किन नचल्ने भनेर प्रश्न गरेका छन् । 

नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औ वार्षिक सधारणसभामा बोल्दै उनले विदेशबाट पठाएको पैसामा पसिनाको मात्रै हैन आसु र रगत समेत मिसिएको हुन्छ । 

‘नेपाल बसेर काम गरेको कमाएको पैसामा पसिनाको सुगन्ध मात्रै आउला । तर, सात समुन्द्र बसेका काम गरेर पठाको रेमिटेन्स पसिनाको मात्र हैन आसु र रगत मिसिएको पैसा नेपाल पठाएको छु’ उनले थप्दै भने, ‘देश बनाउने कर्ममा योग्दान गर्दै छु म देश बनाउने योजनामा सामेल छु भन्ने सोच्नु पर्छ ।’

अमेरिका, क्यानडा, कतार, दुबई सबै तिरबाट पठाएको रेमिटेन्सको नोट चल्ने तर, विदेशमा रहेका नेपालीको भोट चाहि किन नचल्ने भन्दै प्रवक्ता शर्माले प्रश्न गरेका हुन् । 

यसैगरी नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फीरूपमा असफल भएको बताएका थिए । 

समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन काङ्ग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्