नेपाल र ओमनबीच श्रम सम्झौता हुँदै, शून्य लागतमा कामदार लैजाने तयारी



काडमाडौं : नेपाली कामदार ओमन पठाउनेबारे दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित भइसकेकाले आगामी भदौमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

नेपाल र ओमनबीच पहिलो पटक श्रम सम्झौता हुँदैछ । तर, सरकारीस्तरमा श्रम सम्झौता नभए पनि नेपाली कामदार रोजगारीका लागि ओमन गइरहेका छन् ।

श्रम सम्झौताका लागि दुई देशबीच दुई चरणमा मस्यौदा आदानप्रदान भइसकेको र प्रविधिक कमिटिबीच पनि सहमति भइसकेको श्रम मन्त्रालयल स्रोतले जनाएको छ । 

नेपालले कामदालको पक्षमा कामदारको मानवअधिकार, राहदानी राख्न पाउने अधिकार, कामदारको जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा हुनुपर्ने, बीमाले २४ सै घण्टाको जोखिम समेट्नुपर्ने र कामदार लिदाँ लाग्ने सम्पूर्ण खर्च रोजगारदाता देशले व्यहोर्नुपर्ने, ओहोरोदोहोर खर्च रोजगारदाताले तिर्नुपर्ने, कामदार बिरामी हुँदा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने, हप्तामा एक बिदा अनिवार्य हुनपर्ने लगायत जस्ता माग उठाएको थियो । 

यी मागमध्ये नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, श्रमिकको सुरक्षा, श्रमिकको मानव अधिकार, २४ घण्टे बीमा, न्यायमा सहज पहुँचलगायत विषयमा दुवै देशबीचका प्रविधिक कमिटिले सहमति गरिसकेको मन्त्रालयल जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्