दक्षिण भारतमा आएको बाढीबाट २०९ को मृत्यु



काठमाडौं : भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।  यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ।

आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्। भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो।

ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ। केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो। सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो।  

हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य  ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ।

सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन्। पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने

काठमाडौं : नेपालकी महिला पौडी खेलाडी गौरिका सिंहले ५६ लाख पाउने भएकी छिन् । बुधबार

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच

कञ्चनपुर : जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना

काठमाडौं : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गरी करोडौं ठगी गर्दै आएका विदेशी गिरोहलाई

काठमाडौं : अमेरिका, मेक्सिको र क्यानडाबीच युएस्एम्सीए नामक नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ ।

काठमाडौ : काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा

काठमाडौ : प्रेस संगठन नेपालको प्रदेश कमिटी अन्तर्गत उपत्यका कमिटी गठन भएको छ । हिजो

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले बेरुजु देखिएको भन्दै विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएको छ

काठमाडौ : लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन खोलेको छ ।