जम्मू–कश्मीर विवाद : ओवैसीले भने, ‘मलाई गोली हान्न सक्छ’ 



काठमाडौं : जम्मू–कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले हटाएसँगै विपक्षीका नेताहरुले मोदी सरकारको आलोचना गर्न सुरु गरेका छन् । 

अल इण्डिया मनलिस ए इत्ताहुदुल मुस्लिमिन चिफ र हैदराबादका सांसद सहदुद्दीन ओवैसीले संविधानको धारा ३७० लाई लिएर केन्द्र सरकारमाथि निशाना लगाएका छन् । 

सांसद ओवैसीले भने, ‘जसरी कश्मीरमा कर्फ्य र प्रतिबन्धन लगाएको छ त्यसले त्यहाँको स्थिति एकदम नराम्रो भएको छ ।’ अल इण्डिया मनलिस ए इत्ताहुदुल मुस्लिमिन चिफले भने, ‘मलाई थाहा छ कि एक दिन मलाई पनि गोली प्रहार गर्छ । देशमा गोडसेको औलादें यस्तो गर्न सक्छ ।’

असदुद्दीन ओवैसीले न्यूज एजेन्सी ANI सँगको कुराकानीमा सो कुरा बताएका हुन् । उसले भनेका छन्,‘कश्मीरमा यस समय आपतकालिन जस्तो हालत भएको छ । त्यहाँ न फोन चल्छ न त मानिसलाई बाहिर निस्कन दिइएको छ । प्रधानमन्त्री मोदीले संवैधानिक प्रक्रिया अनुसार फैसला लिनुपर्छ र यहाँबाट कर्फ्यु हटाउनुपर्छ ।’

उसले म नगालैड, मिजोरम, मणिपुर, असम र हिमाचल प्रदेशका नागरिकलाई भन्छु कि, ‘एक दिन उनीको पनि यस्तै हालत हुन सक्छ । जुन कश्मीरको भएको छ ।’

जब ओवैसीसँग सोधिएको थियो कि उनलाई यसरी आरोप लगाइएको छ कि उसले भाषबाट पाकिस्तानलाई मद्दत गरिएको छ ? यसको जवाफमा ओवैसीले भने, ‘उनीहरु देश विरोधी हुन् । जुन मलाई एन्टी नेशनल गर्दै छन् ।’ 

 

प्रतिक्रिया दिनुहोस्