रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै नियन्त्रणमा आउने युक्रेनको दाबी



एजेन्सी । युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने दाबी गरेको छ ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताउनुभएको बीबीसीले जनाएको छ ।

ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गर्नुभएको छ ।

बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र नेटो देशबाट प्राप्त हुने अत्याधुनिक हतियारबाट थप सहयोग पुग्ने युक्रेनको अपेक्षा रहेको छ ।

युक्रेनी सैनिक, नागरिक र सार्वभौमसत्ता जोगाउनका लागि युरोपेली देश र अमेरिकाबाट तत्कालै ठूलो आर्थिक र हतियारको सहयोग चाहिएको युक्रेनी रक्षामन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्