विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर



महोत्तरी । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ ।

श्री मावि एकडारामा कार्यारत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।

विद्यालययको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बाहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३ (१) बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्