निकले उठ्नासाथ प्रियंकाको अनुहारकाे हेर्नुकाे रहस्य !



अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि बलिउडबाट टाढा छिन् । तर, उनी श्रीमान् निक जोनसको कारण चर्चामा आइरहन्छिन् । उनीहरू एक–अर्काका अनेक कुरा बाहिर ल्याइरहन्छन् । भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन् । 

उनले हालै इटी अनलाइनलाई दिएको अन्तर्वार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् ।

उनले भनेकी छिन्, ‘यो अलिकति अचम्मको लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’ उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’

प्रतिक्रिया दिनुहोस्