मोदीलाई किन चाहिएछ सुरक्षामा ‘सीडीएस’ ?



नयाँ दिल्ली : भारतका वायुसेना प्रमुख मुस्कुराइ रहेका थिए । नौसेना प्रमुख टाउको हल्लाई रहेका थिए । अनि स्थल सेना प्रमुख स्थिर थिए । यो दृश्य त्यतिबेला देखियो जतिबेला हिजो १५ अगस्टका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैन्य ढाँचाको सर्वोच्च पदका लागि चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्तिको घोषणा गरे ।

उनले सम्बोधनका क्रममा आधुनिक समयको आवश्यकता उल्लेख गर्दै भनेका थिए,“सीडीएसले केवल तीनवटा सेनाको निगरानी मात्रै गर्दैन कि त्यसले सैन्य सुधारमा पनि काम अघि बढाउन खोज्छ ।”

सीडीएस अर्थात् स्थल सेना, नौसेना र वायु सेना समेत तीन वटै संगठनका प्रमुखभन्दा माथि कसलाई राख्ने त ? कतिपयले सोच्न सक्छन्, “यो काम रक्षा सचिवको होइन ?” यसको जवाफ हुन्छ–होइन । यद्यपी सीडीएस कसरी नियुक्त गर्नुपर्ला ? कसरी काम गर्छ  र त्यसको जिम्बेवारी के हुन्छ ?

यसबारेमा अझैपनि सरकार स्पष्ट देखिदैन । विश्लेकहरुको तर्क छ,“यो पद तीनै सेनाका कुनै वरिष्ठ अधिकारीलाई दिन पनि सकिन्छ ।” के हुन्छ त्यसबारेमा भने अलि पछि मात्रै भन्न सकिने बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्