नेकपाको गाँठो फुक्यो : स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल



काठमाडौँ : नेकपामा समय देखिको गाँठो फुकेको छ । आज बिहान आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३३ विभागको जिम्मेवारी टुङ्ग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् ।

स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दाबी थियो । स्कुल विभागमा भागबन्डा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको थियो । लामो छलफलपछि अध्यक्षदोय बिच सहमति जुटेको छ ।

स्कुल विभागमा दाबी गरेका श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको बताइएको छ । यस्तै सङ्गठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । त्यसै गरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्