संसद्‍मा तटस्थ भूमिका निर्वाह गर्छु : उपसभामुख भुसाल



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताएकी छन् ।

आफ्नो दायित्व थपिएको बताउँदै भुसालले जनजीविकाका सवाल उठाउन संसद्‍मा तटस्थ भूमिका निर्वाह गर्ने समेत बताइन् । उपसभामुख पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको  भुसालले प्रतिक्रिया दिएकी छन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारबमोजिम नै आफू अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्