दर्जनभन्दा बढी जिल्ला प्रहरी प्रमुखविहीन बन्दै



काठमाडौं । देशभरका दर्जनभन्दा बढी जिल्लामा प्रहरी प्रमुखविहीन हुने भएका छन् ।

जिल्ला प्रहरी प्रमुखको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक (एसपी)हरु बढुवा भएपछि केही जिल्लाहरु प्रहरी प्रमुख बिहीन बन्ने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हालेको करिब एक वर्षमा एसपी रमेश थापा तालिमका लागि अमेरिका प्रस्थान गरेपछि कास्की प्रहरी प्रमुख बिहीन बनेको छ।

एसपीको पोष्टिङका लागि आकर्षक मानिएको कास्कीमा जान एसपीहरुबीच तिव्र प्रतिस्पर्धा छ । मोरङको कमाण्ड सम्हालेका एसपी राजन अधिकारी, बाराका एसपी दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे, मकवानपुरका सुरेन्द्र गुरुङ, कपिलवस्तुका दानबहादुर कार्की, डोटीका शारदाप्रसाद चौधरी एसएसपी बढुवाका लागि सिफारिस भएसँगै यी जिल्लाहरु एसपी रिक्त हुँदैछन् ।

यी जिल्लाको कमाण्ड सम्हान पनि एसपीहरुबीच तिव्र प्रतिस्पर्धा छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारीको पनि एक वर्ष कार्यकाल पुगेकाले बाँके पनि खाली हुँदैछ । उदयपुर, दाङ, सुनसरीका एसपीहरुको पनि एक वर्ष कार्यकाल पुगेका ती जिल्लाका एसपीहरु पनि परिवर्नत गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्