भारतले पठायो डिजेल र पेट्रोलको नयाँ मूल्यसूची, नेपालमा नघट्ने



काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो । यद्यपि, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्