प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजन भट्टराई नियुक्त भएका छन्। आइतबार राति सकिएको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो।

 

पूर्वसांसद भट्टराई नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्यसमेत हुन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उनी परराष्ट्र सल्लाहकार थिए। 

 

प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार, सञ्चार, जनसम्पर्कलगायत विभागमा सल्लाहकार नियुक्त गरे पनि विदेश मामिलासम्बन्धी सल्लाहकार नियुक्त गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्