कांग्रेस सभापति देउवाविरुद्ध एक हुन सुजाता निवासमा लन्च



काठमाडाैं : सभापति शेरबहादुर देउवाले आफूखशी निर्णय गरेका भन्दै असन्तुष्ट देउवाइतर कांग्रेस नेताहरु नेतृ सुजता कोइराला निवास मण्डिखाटारमा भेला भएका छन् । 

लन्चसहितको भेलामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमानसिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला सहभागी छन् । 

 

सभापति देउवाले पौडेल समूहलाई पेलेर जाने रणनीति लिएको भन्दै अब कसरी अघि बढ्ने भन्नेबारे पौडेल पक्षका नेताहरू छलफलमा जुटेका भेलामा सहभागी एक नेताले बताए । भेला अहिले पनि जारी छ।

 

पार्टीले बनाउने संघीय विधान, देउवाले विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछिको अवस्था र मंसिर अन्तिम साता हुने महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आन्तरिक रणनीति तयार गर्न भेला बसेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्