सन्तोषी मन्दिरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ



काठमाडौं । नक्सालस्थित नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीकी २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको सिसा दानी, चाँदीको ऐना, गिलास, दियो, सिक्का, माला, लकेट लगायत बरामद भएको छ ।

पक्राउ परेका तीनजना माथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्