मंगलवारदेखि काठमाडौंमा १८ वर्ष माथिकालाई बुस्टर डोज लगाइने



काठमाडौं । काठमाडौंमा मंगलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिइने भएको छ ।

काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिनुएका छन्।

भोलिदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्