वर्षाका कारण धनगढी बजार डुबानमा



धनगढी । बुधबार बिहानैदेखिको वर्षाका कारण कैलालीको धनगढी बजार डुबानमा परेको छ । धनगढी उपमहानगरपालिकाका चारवटा वडा का बस्ती डुबानमा परेको हो ।

पानीको उचित निकास नहुँदा सामान्य वर्षा हुँदा पनि जलमग्न बन्ने धनगढी आज बिहानैदेखिको वर्षाका कारण डुबानमा परेको हो ।

धनगढी उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाका बस्तीहरु डुबानमा परेको बताइएको छ । बस्ती डुबानमा परेपछि आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ।

प्रतिक्रिया दिनुहोस्