माधव नेपाल भन्छन् : गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताए ।

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने नेपालको स्वीकारोक्ति थियो । अध्यक्ष नेपालले आफै तयारी गरेको भए आफुहरुले थप जित्न सक्ने जिकिर गरेका छन् ।

‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो । यी विषयमा कमजोरी भए’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’

आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उनले बताए । गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको उनले स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्