श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित



काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो ।

विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्