नाग्म-गमगढी सडक अवरुद्ध



जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका-२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो।

२ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ। खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन। सवारी साधन खोला वारी र पारी रोकिएका छन्। यात्रु अलपत्र परेका छन्।

सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो। बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

प्रतिक्रिया दिनुहोस्