रविको समर्थन गर्दै प्रहरीलाई फेसबुकमा गाली गर्ने एक जना पक्राउ



काठमाडौं : कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ गरेको विषयमा काठमाडौं प्रहरी प्रमुखलाई सामाजिक सञ्जाल मार्फत गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामका रिदम बिसी भनिने शंकर बिक रहेका छन्।

अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ परेका उनलाई काठमाडौं पठाइएको अछाम प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए। उनले ‘ रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी लामिछानेसहित तीन जनाविरूद्ध उजुरी परेको छ। उनीहरू यतिबेला चितवन प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्