यस्ता सोच भएका केटीले तपाईलाई सधै माया गर्छन्



एजेन्सी : कहिले काहीँ सम्बन्धलाई बचाउन चाहँदा चाहँदै सम्बन्ध बिग्रिएका उदाहरण पनि हामीले देखेका छौ। यदि तपाईँ आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने आफूलाई बुझ्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ।

हामी सबै सम्बन्धलाई दीर्घायु बनाउन चाहन्छौ। देखेको भरमा हामी कसैको पनि बानी व्यवहार थाहा पाउन सक्दैनौ। तपाईँले आफूलाई बुझ्ने र माया गर्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ। त्यसैले थाहा पाउनुहोस् कस्ती केटीले तपाईँलाई सधैँ माया गर्छिन् त।

जो केटी तपाईँलाई विशेष मान्छिन् र तपाईँलाई पनि उनको साथ हुँदा स्पेसल महसुस हुन्छ। यस्ती केटीसँग तपाईँको जीवन सुखले बित्नेछ। उनले तपाईँको सानो सानो कुरामा ध्यान दिन्छिन् भने उनी तपाईँको जीवन साथी बन्नको लागी योग्य छिन् भन्ने सोच्नुहोस्।

यदि उनी तपाईँको रुचि र इच्छाको बारेमा बताउँछिन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरू पनि सेयर गर्छिन् भने उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन्। यस्ता केटीहरू सँग सम्बन्ध अघि बढाउँदा समस्या हुँदैन।

यदि उनी आफ्नो बाल्यकालको कुराहरू तपाइसँग सेयर गर्छिन् वा आफ्नो सपनाको बारेमा कुरा गर्छिन् अनि उनलाई मन पर्ने संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस विषयमा कुरा गर्छिन् भने पनि उनी तपाईँलाई चाहान्छीन्। यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाईँलाई जीवनभर कदर गर्नेछिन्।

यदि उनी तपाईँ बिना उनलाई एक्लोपन महसुस गरेको कुरा तपाईँलाई भन्छिन् भने उनी तपाईँलाई मनैदेखि चाहान्छीन्। उनका यस्ता कुराहरूबाट के बुझ्नुहोस् भने उ नै तपाईँको लागी सही जीवन साथी हुन सक्छिन्।

आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछिन्। तपाईँको घर र कोठा कसरी सजाउने भन्ने सोच्छिन्, तपाईँको जीवनशैली यस्तो होस् भन्ने चाहाना राख्छिन् भने तपाईँको सही रोजाई हुनेछ यस्तो सोचकी केटी।

तपाईँसँग आफ्नो सुख दुख बाढ्ने, यदि तपाईँ अरू केटीसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाईँले बुझ्नुपर्‍यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने। किनकि यस्ता केटीहरू न आफूले अरूलाई नजर लाउँछन् न तपाईँले कसैलाई नजर लाएको मन पराउँछन्।

प्रतिक्रिया दिनुहोस्