प्रचण्डलाई याद आयो १३ सय मधेशी नागरिकले बगाएको रगत



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा १३ सय मधेशी नागरिकले रगत बगेको बताएका छन् । 

सोमबार धनुषाको बरमझियामा शहिद रामवृक्ष यादवको २५ औँ स्मृति दिवसको अवसमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उनले सो कुरा बताएका हुन् । 

यति धेरै मधेशी नगरिकको बलिदानपछि आएको गणतन्त्रले विकास र समृद्धि दिन नसकेको भन्दै चिन्ता पनि व्यक्त अध्यक्ष प्रचण्डले भने, ‘विकास, समृद्धिको बाटो हुँदै समाजवादमा अघि बढ्नुपर्नेमा भ्रष्टाचार बढेको छ । कम्युनिष्ट पार्टीले बाहेक अरूले देश बनाउन सक्दैन । कम्युनिष्ट पार्टीलाई विभिन्न प्रतिक्रियावादीले बदानाम गर्न खोजिरहेको छ ।’

साथै तराईको विकासका लागि चुरे संरक्षण, हुलाकी राजमार्ग निर्माण, बस्ती विकास, डुबान समस्या न्यूनीकरणमा जोड दिनुपर्ने र सरकारले ध्यान दिइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्