पुडासैनी प्रकरणमा निर्दोषलाई फसाएर दोषी उम्काए ठूलो दुर्घटना निम्तिन्छ : प्रदीप पौडेल 



काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको सत्यातथ्य सार्वजनिक गर्न माग गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै नेता पौडेलले निर्दोष व्यक्तिलाई फसाउन यो घटना निम्त्याइएको हो भने ठूलो दुर्घटना हुने बताए । उनले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषिलाई कडा कारबाहीको माग गरेका हुन् । 

‘घटनामा संलग्न जो–कोहीलाई कडा कारबाही होस् । विभिन्न षडयन्त्र बनाएर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भएको हो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ ।’ उनले ट्वीटमा लेखेका छन्, ‘यो घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस् । कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ । यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस् ।’

 

प्रतिक्रिया दिनुहोस्