रवि लामिछानेलाई थप ५ दिन थुनामा राखिने 



काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि  लामिछानेसहित तीनविरुद्ध अनुसन्धानका गर्न जिल्ला अदालत चितवनले फेरी ५ दिन म्याद थप गरेको छ । 

न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनले दोस्रो पटक ५ दिन म्याद थप गरेको हो ।

बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण थप १० दिन थुनामा राख्न अनुमति माग्दै चितवन प्रहरीले उनीहरुलाई जिल्ला अदालत पेस गरेको थियो । तर, अदालतले पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । 

जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता सुशील पन्त र नेपाल बारका पूर्वमहासचिव अधिवक्ता सुनिलकुमार पोखरेलले रविलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहन नपर्ने भन्दै बहस गरेका थिए ।

सरकारी वकिलले रविलाई थुनामा राख्न अनुमति दिनुपर्ने पक्षमा वकालत गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस्