कृषि प्राविधिकसहित ४३ कर्मचारी माग



सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाइ सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारी माग गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको इकाइले बिहीवार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुलाएको हो ।

सूचनाअनुसार कृषि प्राविधिक पदमा ३३ जना कर्मचारीको माग गरिएको छ । यस्तै, सबइन्जिनियर पदमा दुई र अन्य आठ पदमा एक-एकजना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत यी पदहरूमा आवेदन दिन आवश्यक न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख छ ।

दरखास्तको समय १६ साउनसम्म तोकिएको छ । योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्