चितवनमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु



चितवन : जिल्लामा गए राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्दाजी ३०/३५ वर्षीय मृतक साइकलयात्रीको नाम ठेगाना खुल्न सकेको छैन् भने शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्