रवीन्द्र अधिकारीको निधनपछि साझा उम्मेदवारको खोजी हुँदै



कास्की : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले रासससँग कुरा गर्दै देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताए । 

उनले भने, “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।” 

साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले राष्ट्रलाई अग्रगमनतर्फ लैजान सक्ने, आफ्नो क्षेत्रको आवश्यकतालाई बुझ्न सक्ने दूरदर्शी र नैतिकवान उम्मेदवार हुनुपर्ने बताए । नेपालको सिङ्गो पहिचान भाषा, धर्म, संस्कृति र कला साहित्यसँग जोडिने हुनाले यस विषयमा पनि उम्मेदवार राम्रो दख्खल भएको हुनु जरुरी हुने उनको भनाइ छ । 

पर्यटन व्यवसायी नरेश भट्टराईले देशको माटोलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्ने दूरदर्शी स्वाभिमानी उम्मेदवार उठ्नुपर्ने विचार राखे । “नेता भनेपछि श्रद्धाले शिर झुकोस् र जनजनले नाम पुकारोस्, रवीन्द्रको अभाव हामीले महसुस गरेका छौँ, त्यो अभाव मेटाउन सक्ने र राष्ट्रिय छवि बनाएको नेता उम्मेदवार बन्नुपर्छ”, उनले भने । पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारीले सम्भव भएसम्म महिला उम्मेदवार हुनुपर्नेमा जोड दिए । 

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् व्यक्ति उम्मेदवार बन्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको