कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ४३८ जनामा संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्