भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन



काठमाडौं : भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको ६६ वर्षको उमेरमा शनिबार निधन भएको छ । 

अखिल भरतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारकै मध्याह्न १२ बजेर ७ मिनेट जाँदा उनको निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अगष्ट ९ मा एम्समा भर्ना गरिएको थियो ।

उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्