भारतीय प्रधानमन्त्री मोदीलाई युएईको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ प्रदान



एजेन्स : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’बाट सम्मानित भएका छन्। मोदीले शनिबार सम्मान ग्रहण गर्नुभन्दा पहिले युएईमा उच्चस्तरीय भेटवार्तासमेत गरेका थिए। यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्।

युएई सरकारले प्रदान गर्ने उक्त सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूलाई प्रदान गरिन्छ। उक्त सम्मान सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्