१३ वर्षीया बालिका बलात्कारको आरोपमा २१ वर्षे युवक पक्राउ



तेह्रथुम । तह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्